तुल्सीलाल अमात्यलाई दिइएको विभूषण अस्वीकार

काठमाडौं, ९ असोज  तुल्सीलाल स्मृति प्रतिष्ठानले संविधान दिवसको अवसर पारेर स्व.कम्युनिष्ट नेता तुल्सीलाल अमात्यलाई दिइएको विभूषण अस्वीकार गर्ने निर्णय गरेको छ।

अमात्यका परिवारको उपस्थितिमा प्रतिष्ठानको बिहीबार बसेको बैठकले सरकारले दिएको विभूषण अस्वीकार गर्ने निर्णय गरेको हो।संविधान दिवसको अवसर पारेर गत असोज ३ गते सरकारले अमात्यलाई महाउज्जवल राष्ट्रदीप विभूषण दिने निर्णय गरेको थियो।सरकारले उक्त पदक हचुवाका भरमा मूल्यांकन गरेर दिने घोषणा गरेकाले विभूषण अस्वीकार गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यो मानपदवीले उहाँको व्यक्तित्वको अवमूल्यन र अपमान भएको महसुस भएको छ,’ प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति