गौतम बुद्ध विमानस्थल निर्माण सरकारले रोकेको विष्णु पौडेलको आरोप

काठमाडौं,९ असोज । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे ।

रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउन एशियाली विकास बैंक ९एडीबी०सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउन एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ ।

डिजाइनका काम सम्पन्न भएका छन् । अत्याधुनिक टर्मिनल निर्माणको डिजाइनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रो निम्ति मान्य हुने छैन’ उनले भने ।

पौडेलले अघि भने, ‘सेकेन्ड इन्टरनेसनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्न सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शीघ्र सम्झौता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।’

उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशकै नमुना जिल्ला हुने गरी विकास गर्न आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौतिी गरेको आरोप लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति