चीनद्वारा विश्व विकास सहायता संयन्त्रमा सहभागि हुन नेपाललाई प्रस्ताव

काठमाडौं, ९ असोज। चीनले यसैसाता घोषणा गरेको विकास पूर्वाधार संयन्त्र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभमा संलग्न हुन नेपाललाई प्रस्ताव गरेको छ ।

शनिबार भर्चुअलरुपमा आयोजित ‘नेपाल(चीन बीआरआई फ्रेमवर्क एग्रिमेन्ट स् हिमालपार क्षेत्रको भविष्य आदानप्रदान’ विषयक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले सो आग्रह गरेकी हुन् ।यसैसाता संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई भर्चुअलरुपमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व विकास सहायता संयन्त्रको प्रस्ताव गरेका थिए ।

राजदूत यान्छीले नेपाललाई यो संयन्त्रमा स्वागत गर्न चीन आतुर रहेको बताउँदै विकास रणनीतिको साझेदारीलाई अघि बढाउन चाहेको समेत बताइन् ।उक्त कार्यक्रममा नेकपा (एस)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, चीनको लेसन नर्मल युनिभर्सिटीका प्रमुख प्राध्यापक लिउ जिन र डेभलपमेन्ट अफेयर्स काउन्सिलका अध्यक्ष डा। युवराज संग्रौला लगायतले पनि बोलेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति