देउवा सरकार पूर्णरुपमा असफल भयो – प्रदीप ज्ञवाली

(मन्त्रिपरिषद् विस्तार एवम् नेकपा एमाले विभाजन लगायत समसामयिक विषयमा नेपाल पेजका लागि एमाले नेता प्रदीपकुमार ज्ञवालीसँग गरिएको संवादमा आधारित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् । सरकार गठन भएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन नसक्नुले सरकार असफल भएको पुुष्टि गरेको ज्ञवालीले बताए ।
संसदमा सभामुख अगिनप्रसाद सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको र कारबाही गरिएका १४ जना सांसदहरुको सूची प्रकाशन नगरेको उनले बताए । सभामुख नसच्चिएसम्म संसदमा एमालेले निरन्तर विरोध गर्ने उनले बताएका छन् ।


फोटो – ध्रुव अधिकारी

यसैगरी, निर्वतमान ओली सरकारले लिपुललेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा प्रकाशन गरिसकेको अवस्थामा ती भू–भागहरु फिर्ता गराउनभन्दा छिमेकी देश चीनसँग अनावश्यक विवाद गर्न चाहेको आरोप ज्ञवालीको छ ।

कर्णालीको जयसिंह धामीको विषयमा बोेल्न नसक्ने सरकारले, चीनसँगको सीमा विवादको विषय उठाउनु टाउको दुखेको औषधि नाइटोमा लगाएजस्तै भएको समेत उनले बताएका छन् ।

एमाले विभाजनबाट केन्द्रीय कमिटीमा २२ प्रतिशत, संसदमा १३ र स्थानीय तहमा प्रतिशत मात्रै असर पुगेको उनको भनाई छ । विभाजनबाट नयाँ दल खोलेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेलाई दक्षिणपन्थी भासमा फसेको भनेर आरोप लाउनु हास्यस्पद भएको उनले बताएका छन् । ‘१५ वर्ष एमालेको महासचिवको रुपमा काम गरेर पनि काँग्रेसलाइ भोट दिएर सरकार बनाउनेले यसखाले आरोप लगाउनु हास्यस्पद छ’, उनले बताए ।

फोटो – ध्रुव अधिकारी

देशका अधिकांश क्षेत्रहरुमा दश बुँदे सहमतिपत्र कार्यान्वयन हुदै गएको पनि ज्ञवालीले बताएका छन् । दश बुँदे सहमतिपत्र कार्यान्वयनका विषयमा उमाले विभाजन अघि नेपाल पक्षमा रहदै आएका नेताहरुले एमालेमा आवाज उठाउदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति