काठमाडौं, ९ असोज। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । हिजो एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको थाहा पाएपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो ,’
उनले भने राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ छैन, म ओलीको नेतृत्वमा आफू बस्न बस्दैन । राजीनामा अस्वीकृत गरियो भने भोलि मलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हो की गौतमले भने । नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए ।
राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै नेता गौतमले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरे पनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए । ‘मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु । यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।’ उनले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको दावी गरेका छन् । , ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो । नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’ त्यहिनै सोचेर राजीनाम दिएको हो, उनले भने . तर माधव नेपाल पक्षमा पनि नगएका गौतम तत्काल कूनै नयाँ पार्टी खोल्ने योजना नरहेको बताउछन् ।
प्रतिक्रिया