महिला अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौं, ९ असोज ।  महिला अधिकारकर्मी भासिनको शनिबार बिहान निधन भएको छ । भारतीय कवि तथा महिला अधिकारकर्मी कमलालाई केही महिनाअघि क्यानसरको लक्षण देखिएको थियो ।

उनको मृत्यु भएको अर्की अधिकारकर्मी कविता श्रीभास्तवले ट्वीटमार्फत् जानकारी दिएकी छन् ।

‘हाम्री प्रियसाथी कमला भासिनको आज बिहान करिब ३ बजे निधन भएको छ,’ उनले खेलेकी छन्, ‘यसले दक्षिण एसिया र भारतमा महिला अधिकारको क्षेत्रमा हुने मुभमेन्टलाई ठूलो घाटा पुगेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति