राजा बन्ने खोज्दा २५ वर्षिय युवक पुगे प्रहरीको खोरमा

सिन्धुपाल्चोक, असोज ८ । राजामहाराजाको श्रीपेच चोरेर कसैलाई राजा बन्ने सनक चढ्यो भने के हुन्छ ? यस्तै सनक चल्दा रुकुमका २६ वर्षीय युवा फन्दामा परेका छन् । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे ।
टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले ।उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए । सधैँ झैँ नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवतजावत चलिरहेको थियो । त्यहाँको सुरक्षा जिम्मेवारी सेनाको भएकाले प्रत्येक कक्षमा सुरक्षा कडिकडाउ थियो । कडा सुरक्षाका वीच पनि घलेले शोकेसमा राखेको खुकुरीलाई मुक्काले हानेर निकालेका थिए । यी युवाले पटक–पटक संग्रहालय अवलोकन गरी श्रीपेच खोस्ने प्रयास गरेको खुलेको छ । यही प्रयोजनका लागि उनी तीन साताअघि रुकुमबाट काठमाडौं आएका थिए । हेर्दा सामान्य देखिने यी युवाको पृष्ठभूमिका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । घटना लगत्तै बन्द गरिएको संग्रहालय सुचारु गरिएको संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले बताए । राजपरिवारको बहिगर्मनसँगै २०६५ सालमा नारायणहिटी संग्रहालय खुला गरिए पनि श्रीपेच भने ०७६ साल असोज १ गते सर्वसाधारणको अवलोकनका लागिखुल्ला गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board