दशैँमा घर फर्कदा कुन गन्तव्यको कति तिर्नुपर्छ भाडा ? (सूचिसहित)


काठमाडौं, ८ असोज । सोमबारदेखि दशैँको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । त्यसैले सरकारले अग्रिम टिकट बुकिङ गर्दै आएको छ ।यो वर्ष सरकारले सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । त्यसैले दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।

अग्रिम टिकट काट्दा पनि यात्रु धेरै ठगिने गर्छन् । तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुन्छन् । त्यसैले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।

त्यसैले यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान आग्रह गरेको छ ।

डिलक्स सुविधा भएका भने यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिन सक्छ ।

प्रदेशभित्र संचालन हुने सवारीसाधनको भाडादर वृद्धिको अधिकार प्रदेश सरकारलाई हुन्छ। संघीय सरकारले गरेको भाडावृद्धि निर्णय प्रदेश १ बाहेकले कार्यान्वयन गरेका छैनन्। सबै प्रदेशले उक्त भाडादर समायोजन गर्नुपर्ने माग व्यवसायीहरुले गर्दै आएका छन्। दशैंमा यात्रुहरुले उक्त बढेको भाडादर तिर्नुपर्ने छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board