प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न « Nepal Page



प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ, ८ असोज । प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताएका छन् । सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उनले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गरेका थिए ।


नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र उठान भएका विषयवस्तुमाथि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकमा प्राप्त सुझावले नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाले विश्वास लिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board