ईपीएल क्रिकेट भोलिबाट, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

काठमाडौं, ८ असोज । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण भोली (शनिबार)बाट सुरु हुँदैछ ।

तेस्रो संस्करणको ईपीएल क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक अघिल्ला संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन् । पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको टिमबीच हुने उद्घाटन खेल अपरान्ह १ बजे सुरु हुनेछ । र, उद्घाटन खेलका लागि विराटनगर र ललितपुरले आफुलाई तयार बनाईसकेको छ । पहिलो खेलमा दुवै टोली २ अंक जोड्ने योजनासहित मैदान उत्रने छन् ।

टिमको तुलना गर्दा दुवै टोलीमा निकै राम्रा र अनुभवी खेलाडीको साथ रहेको छ । यस्तै दुवै टोलीमा राम्रा विदेशी खेलाडी छन् । त्यसैले पहिलो खेलमा दुवै टोली हार मान्ने योजनामा छैनन् ।

ुसबै टोली बलिया छन् । सबै टोलीमा बिदेशी खेलाडी पनि राम्रा छन् ,विराटनगरका कप्तान पारसले प्रतियोगिता अघि भने, ुप्रतियोगिता खेल्न धेरै आतुर छु ।ु

भारतका उमेश पटवालको प्रशिक्षणमा रहेको विराटनगरसंग नेदरल्याण्ड र हङकङका खेलाडीको साथ रहने छ । विराटनगरबाट यस सिजन नेदरल्याण्डका राष्ट्रिय टोलीका सदस्य पाउल भान मीकेरन, रोएलोफ भान डेर मेर्वी र हङकङका राष्ट्रिय टोलीका सदस्य बाबर हायातले खेल्ने छन् । यस्तै भारतका स्मित पटेललाई समेत विराटनगरले अनुबन्ध गरेको छ ।

त्यसैले कप्तान पारस अघिल्लो संस्करणको प्रदर्शनलाई कायम राख्ने दाबी गर्छन् । अघिल्लो सिजनको प्रर्दशनलाई यसपटक समेत निरन्तरता दिने छौँ । तर, तेस्रो संस्करणमा त्यो मेहनतले मात्र पुग्दैन । अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको छ, कप्तान पारसले भने ।

यता, ललितपुर अघिल्लो संस्करणको विजेता विराटनगरलाई स्तब्ध बनाउदै सुखद सुरुवात गर्न चाहन्छ । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टिमको लक्ष्य विजेता बन्ने रहेको कारण तयारी राम्रो गरेको बताउछन् ।

ुहाम्रो टिमको लक्ष्य भनेको विजेता बन्ने हो । हाम्रो तयारी त्यसैमा केन्द्रित छ,ु कप्तान मल्लले भने, खेलाडी नामले भन्दा कामले बढी चिनिने हो । हामीलाई लाग्छ, जुन खेलाडीलाई हामीले टिममा समावेश गरेका छौ, उनीहरुले उत्कृष्ट प्रर्दशन गर्नेछन् ।

ईपीएलका लागि ललितपुरले भारतका जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई अनुबन्ध गरेको छ । तीनै खेलाडी नेपाली भूमिमा भिजेका खेलाडी हुन् । त्यसैले ललितपुरले पहिलो खेलमै उत्कृष्ट पप्रदर्शन गर्ने अनुमान गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board