पछिल्लो २४ घण्टामा १ हजार १०३ जना सङ्क्रमित, ९ को मृत्यु

काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५५० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २० हजार २८७ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति