सानिमा माई हाइड्रोपावरले बोलायो कात्तिक ११ गते वार्षिक साधारणसभा, प्रस्तावि १०.५२ प्रतिशत लाभांश पारित गरिने

काठमाडौं, ८ असोज । सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बोलाएको हो ।सभा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा सहभागी हुन सक्ने भएका छन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिने भएको छ । जसकारण असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त सभामा सानिमा माईले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति