मातृकाप्रसादकी नातिनी ऋचाले थालिन् कांग्रेसको राजनीति

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी ऋचा कोइरालाले पार्टी राजनीतिमा प्रवेश गरेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर १ काठमाडौं महानगरपालिका–१० बाट उनले हजुरबुबाले स्थापना गरेको नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेकि हुन । कोइराला परिवारका एकमात्रै वामपन्थी नेता कमलप्रसाद कोइरालाकी ४२ वर्षीया छोरी ऋचाले यसपाली नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यता लिएकी हुन्। उनी वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएकी छन्।

हजुरबुवा मातृकाप्रसाद कोइरालाको नाममा प्रतिष्ठान खोलेर समाजसेवामा सक्रिय ऋचाले टोलवासीको जोडबलले आफूलाई कांग्रेसको क्रियाशील सदस्य बन्न प्रेरित गरेको बताएकी छन्। ऋचाले आफू कांग्रेसको क्रियाशील सदस्य बनेर क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि पिता कमलप्रसादमा खुशी छाएको पनि प्रतिक्रिया दिइन । ‘यो गर, त्यो गर भन्नुभएको होइन। बुवाको आशीर्वाद छ। उहाँ खुशी हुनुहुन्छ,’ उनले भनिन्। सिन्धुलीका अनिल अधिकारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी ऋचाले घर–परिवार पनि कांग्रेस पृष्ठभूमिकै हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति