काठमाडौं, ८ असोज । नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने एकजनालाई नियन्त्रणमा लिइएको छ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने पश्चिम रुकुमका एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।श्रीपेच निकाल्न खोज्ने पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीलाई नियन्त्रण लिइएको हो ।
शुक्रवार बिहान अवलोकन गर्ने पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया