काठमाडौ, ८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशनको विषयमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । सो पार्टीका विधान महाधिवेशन असोज १५ बाट सुरु हुदैछ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सम्बोधन गर्दै राजनीतिक प्रतिवेदन पेश गर्ने तय भएको छ । केन्द्रीय कमिटी बैठकमा ओलीले विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। यस्तै विधान संशोधन प्रस्ताव पनि पेश गर्ने तयारी छ। बैठकले एमाले उपाध्यक्ष वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत गरेको छ।
एमाले केन्द्रीय कमिटी बैठक सुरु, बामदेव गौतमको राजीनामा अस्वीकृत
प्रतिक्रिया