चीनले शक्ति प्रदर्शनका लागि १९ वटा लडाकु विमान ताइवानतर्फ पठायो

काठमाडौं, ८ असोज । एघार देशको प्यासिफिक ट्रेड ग्रुपमा सदस्यस्ताका लागि ताइवानले आवेदन दिने घोषणा गर्नासाथ चीनले शक्ति प्रदर्शनका लागि बिहीबार १९ वटा लडाकु विमान त्यसतर्फ पठाएको छ। चीनले पनि ट्रेड ग्रुपमा सदस्य बन्न आवेदन दिइसकेको छ। ताइवानको रक्षा मन्त्रालयले चीनको विमानको जवाफमा आफूले एयर पेट्रोल फोर्स तैनाथ गरेको जनाएको छ। त्यसले चीनको विमानको पिछा गरेको उसको भनाइ छ। ताइवानले उठाउने कुनै पनि राजनीतिक कदमले आफ्नो सम्प्रभुतामा असर परेको महसुस भयो भने यस्ता कारबाही जारी रहने चेतावनी चीनले दिएको छ। तर यो चीनको ताइवानविरुद्ध सैनिक दबाब बढाउने प्रयासका रुपमा देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति