काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको सम्मेलनलाई सम्बोधन गरेका छन् ।गएराती सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गर्नुभएको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।
महासभाको पूर्वसन्ध्यामा प्रधानमन्त्री देउवाको सम्बोधन
प्रतिक्रिया