इटालियन सिरी ए फुटबलमा नापोलीको लगातार पाँचौं जित


काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ ।

गएराति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे ।

खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै नापोलीले ५ खेलमा १५ अङ्क जोडेको छ । साम्पडोरिया ५ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board