सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित – राष्ट्रपति भण्डारी

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताइन । राष्ट्रपति भबन शितल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताएकी हुन । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारिन् । कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाब समेत दिईन । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चीनिया नेतृत्वको उच्च प्रशंसा गरिन् । कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन । उनले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दे हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन । राजदुत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा बिकशित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताईन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति