समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं , ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफु समाजवादी क्रान्तिका लागि हामफालेको बताए । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले उत्त कुरा बताएका हुन । हिजो पनि आफु पटक–पटक हामफालेको भन्दै अब एकचोटी सच्चिएर समाजवादी क्रान्तिका लागि हाम फाल्ने बताएका हुन ।

उनले भने ‘मत एकचोटी फेरि हाम्फाल्छु, हिजो जनयुद्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हामफालियो । अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफालेँ फालेँ अब’ उनले पहिला आफैलाई करेक्सन गर्दै जाने पनि बताए । ‘सबैले अरुले विगार्यो, यो फटाहा हो भन्नुभन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ प्रचण्डले माओवादी नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै भने, ‘भ्रष्टाचार गरिएको छ, ठगठाग खुब गरिएको छ ।

ठेक्कापट्टा पाउन मरिहत्ते, कमिसन खान मरिहत्ते गर्ने अनि म बिग्रेको छैन भन्ने प्रवृत्ति बढेको छ ।’ प्रचण्डले यसो भनेपनि माओवादी पार्टी क्रान्तिकारी नहुने पनि बताए । ‘म अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रान्तिकारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफालेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्यान छोडेर समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म’, प्रचण्डको दावी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति