एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं , ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए ।
‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ उनले कार्यकर्तामाझ भने ।हाल सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर यो गठबन्धनमा नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने अरु दलहरु अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन् ।बिहीबारको कार्यक्रममा प्रचण्डले एमसीसीलाई अगाडि ल्याएर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए ।एमसीसी ल्याएर दिमाग खराब गरिदिने, गठबन्धन टुटाइदिने सपना देखेका छन्, एमसीसी भएपछि शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भन्ने छ’ उनले भने । आफूहरु एमसीसी परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रचण्डले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति