व्यापारीकाे हत्या आशङ्कामा पाँचजना नियन्त्रणमा

बैतडी, ७ असोज । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए । उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्‍न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताए, महरालाई सन्सेरीमाडौँ कै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति