संस्थापन पक्षले गुण्डागर्दीको आडमा पार्टी कब्जा गर्न खोज्यो – डा. कोइराला

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कब्जा गर्दै उद्धेश्यले संस्थापन पक्षले गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन्।
क्रियाशील सदस्यता विवाद र प्रदेश २ का एक मन्त्रीले वडाध्यक्षलाई कुटेको भन्दै सानेपामा बिहीबार आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन। पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरुले गुण्डागर्दी देखाइरहन भएको छ, यस्ता कुरा कांग्रेसका लागि कदापि स्वीकार्य हुँदैनन्, उनले भने, गुण्डागर्दी गर्ने यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन भन्नेमा म विश्वस्त छु। कोइरालाले यस्ता गतिवधिलाई शान्तिपूर्ण आन्दोलनबाट पराजित गर्ने पनि बताए।

उनले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा प्रहरी प्रशासन लगाएर पार्टी कब्जा गर्न खोजिएको पनि आरोप लगाएका छन्। डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छु, उनले भने, ७५ वर्ष लामो कांग्रेसको इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन। प्रदेश २ का युवा तथा खेलकुद एमव् महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै कुटपिट गरेको आरोप लागेको छ। यी दुईजनाबीच क्रियाशील सदस्यताबारे विवाद बढेको थियो। मन्त्रीले वडाध्यक्षमाथि कुटपिट गरेको र एकपक्षीय रुपमा क्रियाशील सदस्यता अघि बढाएको भन्दै पौडेल समूह धर्नामा बसेको हो।धर्ना कार्यक्रमलाई नेता डा। अमरेशकुमार सिंह र कोइरालाले सम्बोधन गरेका छन्। अर्का नेता प्रकाशमान सिंह धर्ना कार्यक्रममा केही बेर समर्थन जनाएर फर्किएका छन्। उक्त धर्नामा वरिष्ठ नेता पौडेल पनि पुग्ने कार्यक्रम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति