नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पौडेल र कोइराला धर्नामा बस्ने

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिनको माग गर्दै धर्नामा बसेका कार्यकर्तामाथि दुर्व्यवहार भएको भन्दै संस्थानपइतर समूहले सानेपामा प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेस सर्लाहीका कार्यकर्तामाथि प्रदेश २ का युवामन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै आज विरोध प्रदर्शन हुन लागेको हो ।कांग्रेस सांसद अमरेश सिंहको संयोजनमा हुने विरोध प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले ऐक्यवद्धता जनाउनेछन् ।

पौडेल र कोइराला केहीबेरमा सानेपा पुगेर धर्नामा रहेका सर्लाही कांग्रेसका कार्यकर्ताहरुको विरोधमा समर्थन जनाउने बताइएको छ । केही दिनअघि प्रदेश २ का युवामन्त्री सिंहले बरथवा नगरपालिका ४ का वडा अध्यक्ष लाखिन्द्र महतोलाई गाली गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति