२ डोज लगाउनुपर्ने कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन विकाश गरिदै

काठमाडौं, ७ असोज ।  एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृति गरिएको कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन २ डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ ।

एकडोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन र दुईडोज लगाउनुपर्ने गरी अहिले विकाश गरिएको जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमा केही फरक छन् ।एकडोजमात्र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले दोश्रो बुस्टर डोज लगाउँदा प्रतिरोधात्मक क्षममा अझ बढी देखिएको कम्पनीले जनाएको छ । साथै बुस्टर डोज लगाउँदा कोरोना संक्रमण हुनबाट बलियो तरिकाले जोगाउनुपर्ने समेत कम्पनीको भनाई छ । जोन्सन एण्ड जोन्सन कम्पनीले आफ्नो जान्सेन भ्याक्सिनबारेका तीन अध्ययनका विवरणहरु सार्वजनिक गरेको हो ।

एकमात्र डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले बुस्टर डोज लगाउँदा कोरोनाबिरुद्धको संरक्षण लामो समय प्राप्त हुने अध्ययनले देखाएको छ । तर एकडोजमात्र भ्याक्सिनले पनि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनबाट जोगाउन बलियो संरक्षण प्रदान गरेको जान्सेन रिसर्च एण्ड डेभलपमेन्टका विश्व प्रमुख डाक्टर माथाई मामेनले बताएका छन् ।जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई अमेरिकामा एफडीएले यसैबर्षको फरबरी २७ मा स्वीकृत गरेको थियो । अमेरिकामा झण्डै डेढ करोडले यो भ्याक्सिन लगाइसकेका छन् । कम्पनीको अहिले संचालित दोश्रो चरणको परीक्षणमा दुईडोज वाला जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा ५६ दिनको अन्तरालमा लगाउँदा सिकिस्त हुनबाट रोक्न शतप्रतिशत र ठीक्कको संक्रमणबाट रोक्न ९४ प्रतिशत प्रभावकारी पाइएको हो । विश्वव्यापी तथ्यांक हेर्दा सामान्यदेखि सिकिस्त हुनबाट रोक्न समग्रमा ७५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

एकमात्र डोज लगाए पुग्नेगरी स्वीकृत जोन्सन एण्ड जोन्सनको एक डोज लगाएकाहरुलाई ६ महिनापछि बुस्टर डोज दिंदा एन्टीबडीमा १२ गुणा बृद्धि भएको पाइएको छ । दुईमहिनाको अन्तरलामा दोश्रो डोज दिंदा जम्मा ४ गुणाबृद्धि देखिएकोमा ६ महिनापछि दिंदा १२ गुणा बृद्धि देखिएको हो । त्यस्तै बुस्टर डोज ६ महिनापछिमात्र लिंदा बढी संरक्षण प्राप्त हुने देखिएको चिकित्सकहरुको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति