सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँड गर्ने र छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सन्दर्भमा समेत छलफल सकारात्मक रुपमा अघि बढेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board