सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँड गर्ने र छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सन्दर्भमा समेत छलफल सकारात्मक रुपमा अघि बढेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति