प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको हो ।प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूत यान्छीले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् । प्रधानसेनापतिमा शर्मा गत भदौ २४ गते नियुक्त भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति