देउवा सरकारले नालायकीपन मात्र देखायोः अध्यक्ष ओली

काठमाडौँ, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारले आफ्नो नालायकीपन मात्र देखाएको बताएका छन् । एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘विद्वान व्यक्तिहरूलाई राजदूतावासबाट फिर्ता बोलाएर, भुमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेर, पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याएर यो सरकारले आफ्नो नालायकीपन छरपस्ट पारेको छ।’ सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको उनले आरोप लगाए । वर्तमान सरकारले जनताको हक, हितविपरीत काम गरेको र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकासलाई प्राथमिकता नदिएको ओलीको आरोप छ । अदालतको परमादेशबाट बनेको सरकारले अघिल्लो सरकारले ल्याएका विकास आयोजनालाई हटाएको ओलीको तर्क छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति