काठमाडौँ, ६ असोज । आज नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरूको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रया कार्यक्रम भएको छ । अन्र्तक्रिया कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित कार्यक्रमको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने बताइन । साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव समेत दिइन ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ्ग मार्फत बैंकले उद्यमशीलताका विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर उद्यमीहरूको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य बैंकले लिएको बताए ।सीएनआई–डब्लुएलएफका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङ्गलाई सबै महिलाहरूमा पुर्याउन सहयोग गर्ने बताइन् ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दीगो बैंकिङको सुरुवात गरेको हो । संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई सघाउन विपन्नतथा ग्रामिण वर्गलाई लक्षित गरी दीगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया