नेकपा एसको हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, ६ असोज । नेकपा (एकीकृत समाजवादी) को हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजेदेखि पुन बस्ने गरी बैठक स्थगित गरिएको हो । अहिले ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक डाकिएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठकतिर लागेका छन् ।

हिजो अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा उठेको जवाफमा नेता नेपालले आज जवाफ दिएका थिए । यहि बैठकले महासचिव पनि टुंगो लगाउने नेकपा एसका नेता राजेन्द्र राईले बताए ।

नेकपा एसको मूख्य एजेण्डा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायत थिए । त्यस्तै तीन अहिने संगठन विस्तार अभियानलाई पनि प्राथमिकतामा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति