१०४ अंकले बढ्यो सेयर बजार: कुन कम्पनीको कति बढ्यो सूचिसहित

काठमाडौँ, ६ असोज । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ।

कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो।

सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अंकले बढे।

यस दिन १३ कम्पनीको मूल्य १० प्रतिशत र ५ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ।

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्कन्या माइ हाइड्रोपावर, माउन्टेन हाइड्रो र साइन रेसुङ्गा विकास बैंकको मूल्य ९।९ प्रतिशतले बढेको छ।

यस दिन कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन। ४ वटा म्युचुअल फण्ड तथा डिवेन्चरको मूल्य घटेको छ। अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति