झन्डै २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपालीले कात्तिक १५ भित्रै जान पाउने


झन्डै २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली पठाउने क्रम कात्तिक १५ भित्रै सुरु हुने भएको छ। वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच अक्टोबर ९कात्तिक १५० भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो।

‘कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै श्रमिक पठाउने प्रक्रिया सुरु गर्छौं भन्नुभएको छ। यो अनौपचारिक कुरा हो। लिखित जानकारी दिइसक्नुभएको छैन। उहाँहरूका सबै सर्त पूरा भइसकेकाले अब श्रमिक नलानुपर्ने कारण छैन’, छलफलमा सहभागी एक अधिकारीले भने।

कोरियाले श्रमिक लान राखेका सबै सर्त सरकारले पूरा गरिसकेको छ। सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न यसअघि नै टेन्डर आ’ह्वान भइसकेको छ। गत भदौ २ गतेदेखि ३१ गतेसम्मको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो।

अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको ईपीएस शाखाका निर्देशक सुरेश राउतले बताए। अर्को सर्त को’रोना बिमा गर्नुपर्ने थियो। त्यसका लागि पनि बिमा कम्पनी सूचीकृत भइसकेका छन्। दक्षिण कोरिया जाने कामदारले त्यहाँ पुगेको मितिबाट १४ दिन सम्मको बिमा गर्न ६ वटा बिमा कम्पनी सूचीकृत भएका हुन्।

ईपीएस शाखाका अनुसार अडोज इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत बिमा गर्न सकिने भएको हो। दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ।

त्यस विषयमा पनि छलफल भइरहेको निर्देशक राउतले जानकारी दिए। सीधै कोरिया उ’डानमार्फत श्रमिक पठाउन सरकारले कार्यविधि नै संशोधन गरेको थियो। यसअघि ट्रा’न्जिट उडानमार्फत पनि जान सकिने व्यवस्था थियो। त्यसरी जाँदा सस्तो पथ्र्यो।

कोरियाले राखेका सर्तअनुसार बढी खर्च गरेर जान पनि श्रमिक तयार भएका छन्। भाषा परीक्षा पास गरेका र सबै प्रक्रिया पूरा भए पनि जान नपाउने डरले श्रमिकले संगठित रूपमै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। करिब ७ हजार नियमित र ३ हजार पुनः जाने तयारीमा श्रमिक रोकिएका छन्।

यहीबीच कतिपयको म्याद सकिएको छ। उनीहरू भने अहिले जान पाउने छैनन्। पुनः भाषा परीक्षा दिएर प्रक्रिया सुरु गर्नुपर्नेछ। को’रोनाको जो’खिम बढेपछि सरकारले २०७६ फागुन अन्तिममा सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि दक्षिण कोरिया जानेहरू पनि रोकिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति