नवनियुक्त परराष्ट्र मन्त्री डा. खड्काले ससपथ लिए

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नवराज खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । । राष्ट्रपति भण्डासरीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकेकी हुन् ।

मन्त्री खड्काले शपथ लगत्तै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । मन्त्री खड्का आजै राती स.युक्त राष्ट्रसंघको महासभामा भात लिन न्युयोर्क जाने कार्यक्रम रहेको छ ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७१ औ दिनमा उनले परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भन्दै देउवा र सत्ता गठवन्धनको व्यापक आलोचना हुंदै आएको छ ।
मंगलबार सांझ बसेको सत्ता गठवन्धन दलको बैठकले खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्ने समझदारी गरेका थिए । खड्काको नियुक्त संगै देउवा मन्त्री परिषद् छ सदस्यीय बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board