राष्ट्रसंघीय महासभामा पनि आफूलाई सहभागि गराउन तालिबानको आग्रह

काबुल, ६ असोज । तालिबानले आफूलाई पनि राष्ट्रसंघीय महासभामा आफूलाई सम्बोधनको मौका दिन राष्ट्रसंघलाई आग्रह गरेको छ ।
सोमबार राष्ट्रसंघलाई पत्र लेख्दै तालिबानद्वारा गठित अफगानिस्तान सरकारका नयाँ विदेशमन्त्रीले यस्तो आग्रह गरेका हुन् । राष्ट्रसंघले तालिबानको आग्रहलाई जवाफ दिने तयारी गरेको छ ।तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल साहिनलाई राष्ट्रसंघको लागि अफगानिस्तानको दूतमा नियुक्त गरेको छ । गत महीना सत्ता नियन्त्रणमा लिएको तालिबानले अघिल्ला सरकारका राजदूतले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने समेत बताएको छ ।तालिबानको अनुरोधलाई लिएर अमेरिका, चीन, रुससहितको एउटा राष्ट्रसंघीय समितिले विचार गर्नेछ । आगामी सोमबारसम्म यसबारे निष्कर्ष निस्कने सम्भावना भने कम छ । त्यो निर्णय नहुञ्जेलसम्म गुलाम इसाकजाइ नै राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत कायम हुनेछन् । उनले सेप्टेम्बर २७ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board