आज बस्ने माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगाउने

काठमाडौ, ६ असोज । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । त्यही अनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ । काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककै बीचमा स्थायी कमिटी बैठक बस्ने बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति