काठमाडौं,६ असोज । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा। नारायण खड्का नियुक्त भएका छन् ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाकी रहेको उनले बताए ।समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् ।
परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेलगत्तै डा. खड्का न्यूयोर्क उड्ने
प्रतिक्रिया