प्रधानमन्त्री देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।

उदयपुर १ बाट निर्वाचित भएका ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति