ओली सरकारले राजनीतिक कोटामा पठाएका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, ५ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।सरकारको उक्त निर्णयसँगै १० मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् ।
१. महेन्द्रबहादुर पाण्डेय -चीन
२. डा. वंशीधर मिश्र -बंगलादेश
३. नारदमुनि भारद्धाज -कतार
४. युवराज खतिवडा -अमेरिका
५. अञ्जान शाक्य -इजरायल
६. उदयराज पाण्डे -मलेसिया
७. दावाफूटी शेर्पा -स्पेन
८. डा. निर्मलकुमार विश्वकर्मा -दक्षिण अफ्रिका
९. नीलाम्बर आचार्य -भारत
१. लोकदर्शन रेग्मी -बेलायत

ओमानकी राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो ।

तर, आज बसेको मन्त्रिपरिषद् बैठकले यी दुई राजदूतबारे केही बोलेको छैन । जापानी राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाकै सासु भएकीले उनीबारे के हुने भन्ने टुंगो पनि लागेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति