१९ वटा अपहरण मुद्दामा दोषी ठहरिएका महत र जिसी माफीमिनाहामा जेलमुक्त

काठमाडौं, ५ असोज ।  सरकारले अपहरण र हत्याजस्ता खुँखार अपराधमा दोषी किटान भएकालाई जेलमुक्त गरिदिएको छ । संविधान दिवसको अवसरमा सरकारले ५ सय २२ जना कैदीबन्दीलाई माफी मिनाहा गरेको थियो । शृंखलाबद्ध अपहरण गरेर फिरौती असुल्ने प्रह्लाद महत र विष्णु जिसी माफी मिनाहा पाएर छुटिसकेका छन् ।सर्लाहीका प्रल्हाद रामेछाप कारागारबाट जेलमुक्त भएका हुन् भने जिसी रुपन्देही कारागाबाट मुक्त भएका हुन् । सजाय मिनाहा हुने सरकारको निर्णयपछि उनीहरू छुटेको रामेछाप कारागारका जेलर रामकृष्ण घिमिरे र रुपन्देही कारागारका प्रमुख नारायण पन्थीले पुष्टि गरे ।‘उनीहरूलाई कानुनले दिएको मापदण्डअनुसार नै छोडिएको हो,’ घिमिरेले भने, ‘चालचलन सुध्रिएपछि कैद छुटको फारम भराएर माथि पठाएका हौँ । सोहीअनुसार निर्णय भई आएपछि महत छुटेका हुन् ।’ महत र जिसी संविधान दिवसकै दिन कारागारमुक्त भएका हुन् ।महत र जिसी काठमाडौंको बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण मुद्दामा २०६५ मा जेल परेका थिए । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २० वर्ष कैद सजाय सुनाएको थियो । तर, १३ वर्ष कैद सजाय मात्रै भुक्तान गरेर निस्किएका छन् ।उनीहरूमाथि प्रहरीले ज्यान मार्ने उद्योग, शरीर बन्धक, फिरौतीसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।
१ पुस २०६५ मा रावल अपहृत भएका थिए । रावललाई महत र जिसीसहित चाररपाँच जनाको समूहले मुखमा पट्टी बाँधेर दिउँसै निजी गाडीमा हालेर लगेका थिए । त्यसपछि रावल महतसहित जीसी समूहलाई १ करोड ५० लाख फिरौती रकम बुझाएर सकुशल फर्किएका थिए । रावललाई अपहरण गर्न प्रयोग गरिएको गाडी प्रहरीले कान्ति बाल अस्पतालको पार्किङभित्र फेला पारेको थियो ।२०५९ सालतिर महतसहित भारतीय नागरिक उदय सेट्टी, अमर टण्डनहरू मिलेर संयुक्त रूपमा अपहरण तथा शरीर बन्धक गरी फिरौती असुल्ने धन्दा नै चलाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति