माधवको प्रतिवेदनमा समूहगत छलफल शुरू, संगठन विस्तार अभियान चलाइने

काठमाडौं, ५ असोज ।  नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरू भएको छ ।

भोलिसम्म चल्ने बैठकबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच समूह बनाएर छलफल शुरु भएको बताए । भोलि समूहगत छलफलका निष्कर्ष बैठकमा सुनाइनेछ।

त्यस्तै बैठकले निर्वाचन आयोगमा सनाखतका बेला पठाएका ११६ जना बाहेक थपिएका केन्द्रीय सदस्यहरूको सपथ पनि भएको खतिवडाले जानकारी दिए ।

राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायतका एजेन्डा तयार गरेर पारित गरेको पनि उनले जानकारी दिए।

खतिवडाले तीन महिने संगठन अभियान विस्तारको पनि प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार तीन महिने अभियानमा देशका सबै जिल्ला, पालिका र वडाहरूमा कमिटी निर्माण गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति