यो सरकार नै होइन, स्वार्थीहरुको झुण्ड हो – एमाले

काठमाडौ, ५ असोज ।   प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ। दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिए।

त्यसअघि बैठकको सुरुमै बोल्दै एमाले सांसद देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको आरोप लगाए। यो सरकारले अघिल्लो सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेको छैन। यो सरकार संविधान ध्वस्त बनाउन लागेको छु, उनले भने, यो सरकार चिर निद्रामा परेको छ। खासमा यो सरकार नै होइन स्वार्थीहरुको झुण्ड मात्रै हो।दाहालले दल विभाजनसम्बन्धी अध्यादेश पार्टीहरू र यो व्यवस्था कमजोर बनाउन ल्याइएको पनि आरोप लगाएका छन्। अध्यादेश पार्टीहरू र व्यवस्थालाई कमजोर बनाउन ल्याइएको हो। यो सरकार जनउत्तरदायी छैन। परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी छैन , उनले थपे, अहिले संसदमा पनि गुरिल्ला अभ्यास भइरहेको छ। अगाडिबाट आदेश आएपछि तलबाट गुरिल्ला शैलीमा कुदेर बजेट पेस गर्न पुगेको छ।उनले जबरजस्ती विनियोजन विधेयक पेश गरिएको आरोप पनि लगाए। विपक्षीहरुसँग संवादका लागि ध्यान नै दिएको छैन। यो सरकारले जनताको विपक्षमा काम गरिरहेको छु, उनले भने, जनतासँग प्रत्यक्ष जोडिएका सडक कटौती गरिएको छ। त्यस क्षेत्रका जनता यो सरकारका होइनन्रु यो सरकरले समृद्धि होइन, गरिबी दिइरहेको छ। सरकारको लापरबाहीकै कारण अहिले देश बजेट शून्यता रहेको पनि उनले बताए। यो सरकारले पाँच लाख गरिबलाई पैसा बाँड्ने भनेको छ। बरु सातवटा प्रदेशका सदरमुकाम विभाजन गरेर सडकमा पैसा फ्याकिदिऊँ नु, उनले भने, यो सरकारले गरिबको भलो गर्ने होइन, समृद्धि ल्याउने होइन, देशलाई अझै तन्नम बनाउँछ। उनले यो सरकारले अध्यादेश ल्याउनुको औचित्य पनि पुष्टि गर्न नसकेको बताए। अध्यादेशले पार्टी विभाजन गर्यो, अब फिर्ता लैजाने रे १ संसदले अध्यादेशमाथि छलफल गर्न पाउनु पर्छु, उनले भने,सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीबारेको सूचना नटाँसेसम्म यो सदनमा अवरोध जारी रहन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति