भू–राजनैतिक संकट निम्त्यायो त्रिदेशीय रक्षा सम्झौताले

काठमाडौं, ५ असोज । गत बिहीबारे अमेरिका, बेलायत र अष्ट्रेलियाबीच रक्षा सम्झौता (अकस) भएको अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेका थिए । अमेरिकाले अष्ट्रेलियालाई कम्तीमा आठओटा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी दिने तय गरिएको सम्झौताले अहिले विश्वव्यापीरूपमा भू–राजनैतिक संकट निम्तिएको छ । यो सम्झौता भएको घोषणा भएसँगै सबैभन्दा पहिले चिनियाँ विदेश मन्त्रालयले गत बिहीबार नै यो सम्झौतालाई लक्षित गर्दै यो अमेरिकाको शीत युद्धको मानसिकता भएको बताई यसविरुद्धमा प्रतिक्रिया दिएको थियो । विशेष तीन मुलुकबीच भएको उक्त सम्झौता चीनको भू–राजनैतिक प्रभाव न्यूनीकरणका लागि नै गरिएको बताइएकोले पनि चीनले यसमा आपत्ति जनाएको हो । यसअघि पनि अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग गरेको क्वाड सहकार्यको पनि चीनले निरन्तर विरोध गर्दै आएकोले यस किसिमको प्रतिक्रिया भने अपेक्षाकृत नै हो ।यसैबीच उत्तर कोरियाले पनि त्रिदेशीय रक्षा सम्झौतामा आपत्ति जनाएको छ । उत्तर कोरियाले यस किसिमको सम्झौताले हतियार दौडलाई बढावा दिने बताएको छ । आफ्नो सुरक्षामा कुनै किसिमको जोखिम देखिन सक्ने अवस्था आए त्यसको पनि उपाय खोज्ने उत्तर कोरियाले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board