अक्टोबरदेखि भारतले कोरोना खोप निर्यात गर्ने

काठमाडौं, ५ असोज । आगामी अक्टोबर महिनादेखि भारतले कोरोना खोप निर्यात शुरु गर्ने घोषणा गरेको छ । उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्दै खोप निर्यात शुरु गर्ने घोषणा गरेका हुन् । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज खोप रोकिएको छ । तर, मंडावियाले पत्रकारहरुलाई बताए अनुसार छिट्टै नै खोप नेपाल भित्रिने देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board