अफगानिस्तानमा इस्लामिक स्टेटको आक्रमण परि तालिबानका ३५ लडाकुको मृत्यु

काठमाडौं, ४ असोज ।  अफगानिस्तानस्थित इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आईएसकेपी) ले अफगानिस्तान तालिबानले नियन्त्रण गरेयता पहिलोपटक उसविरुद्ध आफूले हमला गरेको दाबी गरेको छ। यही सेप्टेम्बर १९ मा अफगानिस्तानको नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई ताकेर आईईडी विस्फोट गरिएको र त्यस क्रममा तालिबानका ३५ लडाकु मारिएको वा घाइते भएको दाबी आईएसकेपीले गरेको हो। आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट मिलिसिया’ भएको आरोप लगाएको छ। तालिबानले भने यस आक्रमणका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। तर स्थानीय अफगान सञ्चारमाध्यमले नान्गरहार प्रान्तमा गराइएको आईईडी विस्फोटमा हताहती भएको समाचार दिएका छन्। आईएसको समाचार एजेन्सी अमाकले उक्त घटना पुष्टि गर्न केही तस्बिर पनि प्रकाशन गरेको छ। यसअघि आईएसले गत अगस्ट २६ मा काबुल विमानस्थलमा गरिएको घातक हमला र अगस्टकै ३० तारिखमा काबुल विमानस्थललाई ताकेर गरिएको रकेट प्रहारमा भने तालिबानलाई लक्ष्य नगरिएको दाबी गरेको थियो, अमेरिका र उसका सहयोगीलाई क्षति पुर्याउन मात्र हमला गरिएको उसले बताएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति