काठमाडौं, ४ असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि पार्टीमा जनताको बहुदलीय जनवादबारे छलफल नै हुन छोडेको बताएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रमिक तथा सङ्ठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी गर्दै उपमहासचिव भूसालले जबजबारे आवश्यक छलफल नै नभएको बताए।‘जनताको बहुदलीय जनवादबारे हामीले क। मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ। उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा अगाडि सार्नु भएको थियो,’ भूसालले भने, ‘छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो।सातौँमा नयाँ केहि गरिएन। आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के के हुन् भनेर क. झलनाथ खनालले लामो व्याख्या गर्नु भयो तर सिद्धान्तको रुपमा त्यसको पुष्टि गर्नु भएन।’
जनताको बहुदलीय जनवादलाई हाम्रो क्रान्तिको सिद्धान्त बनाउँदा त्यसको परिभाषा ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रुपान्तरण’ भन्नु पर्छ भनेर मैले आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको भएता पनि त्यसबारे आवश्यक छलफल नै नभएको नेता भूसालको भनाई छ।
यस्तो छ ओलीको प्रतिवेदनमाथि भूसालले पेस गरेको टिप्पणी
प्रतिक्रिया