बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके, ४ असोज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।उनका अनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board