प्रतिपक्षको विरोधकै बाबजुद बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

काठमाडौं, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताए ।‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।मन्त्री शर्माले नेकपा एमालेसँग प्रधानमन्त्री र अरु नेताहरुले निरन्तर संवाद गरिरहेको पनि बताए । उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको दावी गरे । बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको पनि मन्त्री शर्माले दावी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति