६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट : अघिल्लो दिननै हत्याको योजना बनेको बनाईएको थियो


धरान,, ४ असोज। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरिक्षक बविन्द्र नेम्बाङ सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं। १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि वढाएको छ ।

पक्राउ पर्नेहरुमा वर्ष ४७ को खड्ग बहादुर कार्की ९मुख्य योजनाकार० उनकै छोरा वर्ष २८ को हस्त वहादुर कार्की, मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्कीका वुवा वर्ष ४९ को रण वहादुर कार्की र उनका भाई १७ बर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट अनुसन्धानवाट खुलेका थप तथ्यहरू

घटना योजनावद्धढंगवाट ५ जनाको समुहले घटाएको जुन योजना अभियुक्त लोक वहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ वजे मुख्य योजनाकार खड्ग वहादुर कार्की सहित हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश कार्की समेत वसि योजना वनाएको । योजना अनुसार घटनाको दिन २१ गते विहान मृतक तेज कुमार कार्की खेताला वोलाउन लोक वहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपि तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग वहादुर कार्की, हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको थियो ।

योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निस्चित गर्न खड्ग वहादुर कार्की विहान ५ वजे तेज कुमार कार्कीको घरमा गई “लोक वहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु” भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक वहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग वहादुर र हस्त वहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा वसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक तेज कुमार कार्की विहान ५ वजे उठी लोक वहादुरको घरमा खेताला निस्चित गर्न गई सुति रहेको लोक वहादुर लाई “अल्छि अझै सम्म उठेको छैनस” भन्दै कराए पछि लोक वहादुर उठेको, लोक वहादुरको भाई नरेश कार्की र वावु रण वहादुर कार्की समेत घरमै थिए । घरवाट फर्केने क्रममा योजना अनुसार लोक वहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग वहादुर र हस्त वहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त वहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।
घटनाको वेला मृतकले “लोकेले मार्यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज वहादुरको श्रीमति र वुहारी आएकोमा लोक वहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त वहादुरले छुरा प्रहार गरेको र वुहारी रंजना नरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक वहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण वहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्याउन सहयोग गरेको ।

उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त वहादुर र लोक वहादुरले वाटो छेकी मुख थुनि लोक वहादुरले चिर्पटले हिर्काई घाटी वटारी हत्या गरेको ।

तत् पश्चात पाचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त वहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक वहादुरले टाउको भित्तामा ठोक्काई घाटी वटारी हत्या गरेको र सवै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक वहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग वहादुर र निजको छोरा हस्त वहादुर घर तर्फ गएको । फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

पुनः खड्ग वहादुर र निजको छोरा हस्त वहादुर लोक वहादुरको घरमा गई सवै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रेहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।

टना घटनुका कारणहरु ः

अभियुक्तहरू मध्ये खड्ग वहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेज कुमारले ‘तं जड्याहा किन यसो गर्छस” भनि गालि गर्ने र खड्ग वहादुरले पनि “तलाई के मतलव तलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोक वहादुरलाई “तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस” भन्ने नरेशलाई “तं डुडे काम नलाग्ने भईस” भन्ने र रण वहादुरलाई समेत “तं लठेव्रो केही गर्ने सक्दैनस” भन्ने गरेको, जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना वनाई हत्या गरेको ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति