अमेरिका छिर्न खोज्ने पाँच दर्जन नेपाली पक्राउ

काठमाडौं, ४ असोज । गैरकानूनीरुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेका छन् । मेक्सिको, मस्को र दुबई हुँदै अमेरिका जान लाग्दा उनीहरु जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा पक्राउ परेका थिए ।जर्मनीस्थित नेपाली दूतावासका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने तयारी जर्मनी प्रहरीले गरेको छ । पक्राउ परेका नेपालीका अनुसार उनीहरुले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए ।

जर्मनीको सुरक्षा निकायले १८ जना आफूहरुको नियन्त्रणमा रहेको आफूहरुलाई जानकारी दिएको राजदूत रामकाजी खड्काले बताएका छन् । पक्राउ भएका ६ जनासँग जापानको नक्कली भिसा भएको पाइएकाले शंका लागेर अन्यलाई पनि पक्राउ गरिएको जनाइएको छ ।दुबईबाट मस्को हुँदै फ्रयांकफर्ट पुगेका अन्य नेपालीलाई पनि पक्राउ गरी विमानस्थलको अर्को टर्मिनलमा राखिएको पनि दूतावासले जनाएको छ । राजदूत खड्काले आधिकारिकरुपमा आफूहरुलाई उद्दारका लागि आग्रह नगरिएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति